News & Events

नेपाली प्रविधी नेपाली सीप

विदेशी प्रविधि नेपालमा नभित्रिंदा परम्परागत रूपमा प्रयोगमा ल्याइएका मौलिक प्रविधिहरूको विकसित रूप वास्तवमा नेपाल सुहाउँने र व्यवहारिक हुन्छ । देशमा नै उपलब्ध हुने जनशक्ति र स्रोत साधनको प्रयोग गरिने प्रविधि दीगो हुन्छ । नेपालमा यस्ता इन्जिनियररू पनि छन् जसले विदेशी प्रविधिलाई समेत माथ गरिदिने केबुलकार, हावाबाट विद्युत उत्पादन लगायतका मौलिक प्रविधिलाई प्रयोगमा ल्याएर सफलता हाँसिल गरिसकेका छन् । यस्ता प्रविधिलाई प्रयोगमा ल्याएर उदाहरणीय काम गर्ने सफल व्यक्ति हुन् गुणराज ढकाल लगायतका अन्य प्राविधिकहरु जसले ग्रामीण पूर्वाधार विकास समूह नेपाल ९ग्रीड नेपाल० मार्फत विविध मौलिक प्रविधिहरूको विकास गरेका छन् । उनीहरूले विकास गरेका प्रविधि मध्ये केही प्रविधिहरू यस प्रकार रहेका छन् ।    मेकानाइज्ड बृज   नेपाल जस्तो पहाडी मुलुक जहाँ स्थानीय स्तरमै विद्युत उत्पादन गर्न सक्ने सम्भावना व्यापक छ, त्यस्तो ठाँउमा अन्ततोगोत्वा यातायातको साधनको रुपमा रज्जु मार्ग नै उपयुक्त देखिन्छ । तर रज्जु मार्ग विदेशबाट खरिद गर्दा महँगो मात्र होईन विभिन्न खर्च र समस्या वेहोर्नु पर्ने देखिन्छ ।    मेकानाइज्ड वृज एक प्रकारको रोप वे हो । स्थानीय स्तरमा उत्पादित विद्युत शक्ति नै यसको प्रमुख ईन्धन हो । साथैे डिजेलबाट चल्ने जेनेरेटर वैकल्पिक ईन्धनको रुपमा व्यवस्था गरिएको हुन्छ । विद्युत शक्ति र डिजेल दुवै उपलब्ध नभएको अवस्थामा तेस्रो विकल्पको रुपमा मानिसले नै पनि चलाएर खोला पार गर्न सकिन्छ । अपरेटरले आवश्यकता अनुसार गति बढाउन तथा घटाउन सक्ने हुन्छ । ४०० के.जीका दुई वटा ट्रली जडान गरिएको हुन्छ । एउटा ट्रलीमा ६ जनाको दरले वस्न मिल्छ ।    परम्परागत साधन तुइन÷घिलीङ्ग, प्रयोग गर्दै वारीपारी गर्नुपर्ने वाध्यताबाट मुक्ती दिने यो साधन भिराला पहाडहरुमा प्रयोग गर्न सकिन्छ । यो प्रविधि स्थानीय स्तरमा उत्पादित लघु जलविद्युत शक्तिबाट समेत संचालन हुन्छ जहाँ दिवा समयमा विद्युत शक्ति खपत गर्न नसकेर खेर गैरहेको हुन्छ । नेपाली प्राविधिकहरुद्धारा देश भित्रै उपलब्ध स्रोत साधनको अधिकतम उपभोग गरी स्थानीय जनशक्तिलाई सीप हस्तान्तरण गरी स्थानीय जनताकै सक्रिय सहभागितामा सञ्चालित हुने यो प्रविधि अत्यन्त व्यवहारिक र मौलिक छ ।    परम्परागत रुपमा प्रयोग गरिदैं आएका तुइन, घिर्लिङ र परम्परागत पुलहरु ३५० मीटरभन्दा बढी लम्बाइमा बनाउनु प्राविधिक तथा आर्थिक दृष्टिकोणले अनुपयुक्त देखिन्छन् । तर यो मेकानाईन्ड बृज १,५०० मीटरसम्मको लम्बाइमा पनि बनाउन सकिने भएकोले धेरै उपयोगी हुने देखिन्छ ।     स्थानीय विण्ड पम्पीङ विद्युतीकरणको सुविधा नपुगेको ग्रामिण भेगका जनताको लागि यो प्रविधि वरदान सिद्ध भएको छ । परम्परागत रूपको विण्ड पम्पीङ भन्दा ८० प्रतिशत कम लागतमा निर्माण सम्पन्न गर्न सकिने यो प्रविधि सजिलै मर्मत गर्न सकिने, सजिलै जडान गर्न सकिने र हावाको चाप न्यून हुँदा पनि प्रभावकारी रूपमा काम गर्ने भएकोले देशका हरेक क्षेत्रमा उपयोगी हुन सक्ने प्रमाणित भइसकेको छ ।    सोलार पम्पिङ खानेपानी   सोलार पम्पिङ प्रणाली सजिलै जडान गर्न सकिने साथै यसको लागि अन्य इन्धन पनि नचाहिने हुन्छ । सोलार प्यानलको लागि दिनको कम्तीमा पनि ५ घण्टाको दरले कम्तिमा ३०० दिनसम्म सौर्य प्रकाश उपलब्ध भइरहन्छ । यस प्रणालीमा २० ओेटा ८० वाटपिक क्षमताका सोलार पिभी मोडलहरु प्रयोग गरिन्छन् । यी सोलार पिभी मोडलहरुको कार्यक्षमतामा २० प्रतिशत पावर कटौतिको तुलनामा २५ बर्षको वारेन्टी हुन्छ । पानी पम्पिङ गर्नको लागि SQ flex  सबमर्सियल पम्पको प्रयोग गरिएको छ । यी पम्पहरु डेनमार्कको Grund fos  कम्पनीद्वारा निर्माण गरिएका हुन् । यी पम्पलाई ३०–३०० भिडिसीको डिसी पावर सप्लाइ वा ९०–२३० भिएसीको एसी पावर सप्लाइबाट पनि चलाउन सकिन्छ ।    SQ Flex  पम्पमा सेन्सरको पनि व्यवस्था गरिएको हुन्छ । ट्याँकीमा पानीको सतह सेन्सरभन्दा घट्यो भने यी पम्पहरु स्वचालित रुपमा १० मिनेटसम्मको लागि बन्द हुन्छन् र उक्त समयभित्र पनि पानीको सतह सेन्सरभन्दा तल रहेछ भने सतह सेन्सरसम्म नआउन्जेल यी पम्पहरु बन्द नै रहन्छन् । यी पम्पले प्रति सेकेन्ड ०.४२ लिटर पानी पम्प गर्छन् । दिनको औसत ५ घण्टाका दरले पम्प गर्दा एकदिनमा करीब ७,५०० लिटर पानी संकलित हुन जान्छ ।    नेपाली प्राविधिकहरुकै सक्रिय पहलमा उनीहरुकै डिजाइनबमोजिम बनेको प्रविधि भएकोले प्राविधिक समस्या आइहालेमा तुरुन्तै सम्पर्क गरी मर्मत तथा सम्भार गर्न सकिने, यी प्रविधिहरूको पार्टपुर्जाहरु नेपालभित्रै नेपाली प्राविधिकले निर्माण गरेको हुनाले स्थानीय कारखानाहरुमै सम्पूर्ण पार्टपुर्जा उपलब्ध हुने यी प्रविधिहरू नेपालको आफ्नै मौलिक उत्पादन हुन् । यस्ता प्रविधिका सर्जक इन्जिनियरहरू देशका खम्बा हुन् जसले देशलाई आर्थिक र प्राविधिक पक्षमा माथि उठाउन सक्नेछन् । के यी प्रतिभाहरू र उनीहरूको प्रविधिप्रति देशले आखाँ चिम्लेर प्राविधिक उन्नती हुन सक्छ र ? राष्ट्रले यिनीहरूको सिर्जनालाई राष्ट्रिय सम्पत्तिको रूपमा प्रयोग गर्ने र सर्जकहरूलाई थप प्रविधिको विकास गर्न उपयुक्त वातावरण उपलब्ध गराउनै पर्दछ ।    स्रोत ः गुणराज ढकाल, अध्यक्ष , ग्रामीण पूर्वाधार विकास समूह नेपाल (ग्रीड नेपाल), ललितपुर फोन ः ५५४६८५९, ५०११२१३÷ फ्याक्स ः ५०११२१३ इमेलः info@gridnepal.org.np   वेभ साइटः www.gridnepal.org.np  

image

Copyright © 2024 Gridnepal.com.All right reserved.                        Designed & Developed by: Cyberlink

image