News & Events

भुजिकोटको जनजीवनमा आमुल परिवर्तन

भुजिकोटको जनजीवनमा आमुल परिवर्तन,  नेपाल को तनहुँ जिल्ला अन्तर्गत दुलेगौडा गा.बि .स वडा १ मा पर्ने अति सुन्दर र रमाइलो गाउको नाम हो भुजिकोट पहिला चौबिस्ये राज्य मा विभाजित हुदा भुजिकोट पनि एउटा राज्य थियो जसको राजा भुजिकोट मा बस्दथिए . भुजिकोट अग्लो डाडा को रुप मा अबस्थित छ .जसले गर्दा पहिला का राजा हरु लाई अरु राज्य बाट हुने हमला को प्रतिबाद गर्न सजिलो हुने भएकाले येस्तै कोट हरु मा राजा बस्ने राजधानी को परिकल्पना हुनथियोसौर्य ऊर्जाको मद्दतबाट खानेपानीको व्यवस्था गरेपछि भुजिकोटको जनजीवनमा आमूल परिवर्तन आएको छ । तनहुँ जिल्लाको पर्यटकीय स्थल भनेर चिनीने खैरेनीटार र दुलेगौंडा गाविसको बीचमा पर्ने “भुजिकोट” एउटा त्यस्तो उदाहरणीय गाउँ पनि हो, जहाँ गाउँभन्दा पानीको मुहान धेरै तल छ, आधुनिक ऊर्जाको कुनै विकल्पको उपलब्ध छैन त्यहाँ तर सौर्य ऊर्जाको मद्दतबाट पानी पम्पिङ गरी समुदायले खानेपानीको व्यवस्था गरेका छन् ।
नेपालका पुराना राजाको ऐतिहासिक दरबारस्थल रहेको भुजिकोटबाट पोखराको मनोरम दृश्य अबलोकनका लागि आन्तरिक र बाहृय पर्यटकहरु आउने गर्दछन् । नेपालकै मह उत्पादनका लागि प्रख्यात भुजिकोट गाउँमा प्रशस्त उब्जाउ हुने खालको जमिन छ तर पानीको अभावका कारण बर्सर्ेे हुने बसाँइसराइँका कारण अलपत्र अवस्थामा उपयोग विहिन बनेको थियो त्यहाँको जमिन। भौगोलिक संरचनाको कारणले एक गाग्री पानी लिन थुप्रै घण्टा खर्च गर्नु पर्ने बाध्यता थियो, बस्तीभन्दा तल पानीका मुहानहरु भएकाले मानिसहरुलाई अप्ठेरो भीरालो बाटोमा पानी बोक्ने कठिनाइ पनि थियो । अहिले भने त्यस्तो छैन भुजिकोट अवस्था । सोलार पम्पिङ प्रणालीबाट पानी तानीसकेपछि समुदायको बस्ती बीचमा नै पानी पुगेको छ । एक गाग्री पानी लिन डेढ घण्टा खर्च गर्नुपर्ने उनीहरुको बाध्यता हटेको छ । यसरी बचेको समय गाउँलेले अरु उत्पादनमूलक कार्यमा प्रयोग गर्न पाएका छन् । महिलालाई प्रौढ शिक्षामा पढ्न जान समय निस्केको छ भने छोरीहरु स्कूल जान र अध्ययन गर्न भ्याइरहेका छन् । गाउँलेले आफ्नै करेसाबारीमा तरकारी खेती गर्ने मौका पनि पाएका छन् । यसबाट उनीहरुले ताजा तरकारी खान पनि पाएका छन् साथै बचेको तरकारी उनीहरुले बजार क्षेत्रसम्म बेच्न ल्याउने गरेका छन् । यसबाट उनीहरुको जीवन स्तरमा आमूल परिवर्तन आएको छ ।
२० वटा ८० वाटपिक क्षमताका सोलार पिभी मोडलहरु प्रयोग गरिएको र यी सोलार पिभी मोडलहरु स्पेनको आइसोफोटोन कम्पनीद्वारा निर्माण गरिएको र निर्माण कम्पनीले २५ बर्षो वारेन्टी दिइएको इन्जीनियर तथा ग्रिड नेपालका अध्यक्ष गुणराज ढकालले बताउनुभयो। विश्व बैंकले १२ लाख ४५ हजार रकम पुरस्कार स्वरुप प्राप्त रकम, ग्रीड नेपाल र सहकर्मी संस्था प|mाइड नेपालबाट एकलाख बहत्तर हजार रुपैँया जि.बि.स. गा.बि.स. गरी करीब २० लाख १७ हजार रुपैंया र वितरण प्रणालीको खर्च स्थानीय उपभोक्ताहरु स्वयंले नै रकम संकलन, चन्दा संकलन, तथा श्रमदानबाट जुटाएर निर्माण सम्पन्न गरीएको सो आयोजना मौसममा निर्भर हुनुपर्ने, बाक्लो बादल तथा कुहिरो लागेको बेला पानी नतान्ने भएकोले आफुहरुलाई कहिलेकाहीं समस्या आउने उपभोtmाहरुको गुनासो छ ।
स्वच्छ पानीको अभावबाट बञ्चित भएका बस्तीहरुका लागि ‘सोलार वाटर पम्पिङ सिस्टम’ एक भरपर्दो विकल्प भएको र समुदायको जीवनस्तर उकास्न पनी यसले महत्वपर्ूण्ा योगदान दिन सफल भएको स्थानीय बासीहरु बताउँछन् ।

 

image

Copyright © 2024 Gridnepal.com.All right reserved.                        Designed & Developed by: Cyberlink

image