News & Events

भुजिकोट

भुजिकोट  नेपाल को तनहुँ जिल्ला अन्तर्गत दुलेगौडा गा.बि .स वडा १ मा पर्ने अति सुन्दर र रमाइलो गाउको नाम हो भुजिकोट पहिला चौबिस्ये राज्य मा विभाजित हुदा भुजिकोट पनि एउटा राज्य थियो जसको राजा भुजिकोट मा बस्दथिए . भुजिकोट अग्लो डाडा को रुप मा अबस्थित छ .जसले गर्दा पहिला का राजा हरु लाई अरु राज्य बाट हुने हमला को प्रतिबाद गर्न सजिलो हुने भएकाले येस्तै कोट हरु मा राजा बस्ने राजधानी को परिकल्पना हुनथियो वर्तमान को भुजिकोट मा गुरुङ हरु को ठुलो बस्ति छ .भुजिकोट सगै खैरनी गा .बि .स को वडा १ सुन्दर गाऊ दगाम अबस्तित छ , जहाँ मगर जाति को बाक्लो बस्ति छ ,अरु विभिन्न जाति को मिस्रित बस्ति रहेको छ .भुजिकोट सग अर्को तर्फ़ मकन्दपुर जुवादी कोत्रॆ एकेलेखेत छन् भने अर्को तर्फ़ उद्यन्धुङ्गा बन्केवा दुलेगौडा खैरनीतार जस्ता ठाउँ हरु अबस्तित छन् , भुजिकोट बाट रात्री समय मा लेखनाथ र पोखरा नगर पालिका का विभिन्न ठाउँ हरु झ्लिमिली अबलोकन गर्दा स्वोर्ग को अबलोकन गरे को भान पर्न जान्छ,भुजिकोट को रमाइलो को अर्को बिसेस्ता भुजिकोट वरिपरि जंगल मा लाली गुरास फुल फुलेको हुन्छ जुन द्र्यस्य अबलोकन बाट जो कोहि पनि आफु लाई स्वोर्ग मा भए को अनुभूति गर्दछ भुजिकोट पुग्न लाई तपाई हरु लाई धरै बाटो हरु छन् ति मध्ये कोत्रे जुवादी मकन्दपुर हुदै पैदल वा यातयात का साधन बाट सजिलै पुग्न सकिन्छ , पैदल बाट ४५ देखि ६० मिनेट यातयातको साधन बाट २० मिनेट मा पुग्न सकिन्छ भने दुलेगौडा बन्केवा हुदै पनि पुग्न सकिन्छ यदि थप्रेक बाट जान को तलिपोखरी हुदै जान सकिन्छ , भुजिकोट मा मुख्य गरि मकै कोदो प्रमुख बाली हुन् त्यसबाहेक पशुपालन फलफुल खेति पनि आम्दानी का उद्पादन हुन् , गुरुङ जाति को बाक्लो बस्ति भएकाले खासगरी घाटोसारा , लोसार बैसाखे पुर्णिमा जस्ता पर्ब मा रमाइलो हुन्छ बेला बेला रोदी बस्ने पुरानो प्रचलन अजै पनि पाउन सकिन्छ भुजिकोट बासि किनमेल को लागि कोत्रे दुलेगौडा जाने गर्दछन गुरुङ बस्ति भएको ले जाड रक्सि घर मा नै बनाउने प्रचलन छ .पहिला पिउने पानीको ठुलो समस्या थियो तर हाल युवा इन्जिनियर गुणराज ढकाल को सहयोग मा सोलार सिस्टम बाट पानी तानेर गाउमा पानी को धारा जडान गरिएको छ जसले गर्दा पहिला जस्तो घन्टौ पानी बोक्नु पर्ने समस्या बाट गाउले ले पार पाएका छन् .अन्त मा सरकार को सम्बन्धित निकाय सग भुजिकोट एउटा प्राचिन पर्यटन को सम्भाबना बोके को ठाउँ हो .एस ठाउँ लाई पर्यटन छेत्र घोसित गरि आबस्यक पुर्भाधार निर्माण गरियोस .तपाई हरु मध्ये कोइ भुजिकोट जानु भए को छैन भने छिटो गर्नुहोस जीवित अवस्था मा नै स्वोर्ग को अबलोकन गर्न बाट बन्चित नहुनुहोला .


सुर्य प्रकाश खनाल डेनमार्क

image

Copyright © 2024 Gridnepal.com.All right reserved.                        Designed & Developed by: Cyberlink

image