News & Events

Developing Training manual for Solar PV Pumping System and Providing Training

Developing training manual for Solar PV Pumping system was provided by team leader Jagannath shrestha.

Workshop Seminar

Workshop Seminar for “Local Wind Pumps for Cash Crops” was organized by GRID Nepal at Lalitpur Nepal.

नेपाली प्रविधी नेपाली सीप

विदेशी प्रविधि नेपालमा नभित्रिंदा परम्परागत रूपमा प्रयोगमा ल्याइएका मौलिक प्रविधिहरूको विकसित रूप वास्तवमा नेपाल सुहाउँने र व्यवहारिक हुन्छ । देशमा नै उपलब्ध हुने जनशक्ति र स्रोत साधनको प्रयोग गरिने प्रविधि दीगो हुन्छ ।

नेपालीले बनाएका केबलकारको लागत विदेशीभन्दा सस्तो

नेपालीले बनाएका केबलकारको लागत विदेशीभन्दा सस्तोनेपालीले बनाएका केबलकार (डब्बा र रज्जुमार्ग) विदेशीभन्दा सस्तो र भरपर्दा हुन थालेको छ । केबलकार निर्माणका लागि नेपाली आफै अग्रसर भएर जुटेपछि अर्बौंको लागत लाग्दैन भत्रे पुष्टि भएको ग्रेट नेपाल नामक संस्थाले बताएको छ ।

नेपालीले बनाएका केबलकारको लागत विदेशीभन्दा सस्तो

नेपालीले बनाएका केबलकारको लागत विदेशीभन्दा सस्तोनेपालीले बनाएका केबलकार (डब्बा र रज्जुमार्ग) विदेशीभन्दा सस्तो र भरपर्दा हुन थालेको छ । केबलकार निर्माणका लागि नेपाली आफै अग्रसर भएर जुटेपछि अर्बौंको लागत लाग्दैन भत्रे पुष्टि भएको ग्रेट नेपाल नामक संस्थाले बताएको छ ।

खोला तर्नका लागि रोपवेःमेकानाइज्ड वृज (यान्त्रिक पुल)

खोला तर्नका लागि रोपवेःमेकानाइज्ड वृज (यान्त्रिक पुल)स्थानीय स्तरमा उत्पादित विद्युत शक्तिबाट संचालन भई दुर्गम पहाडी भेगका किसानहरुलाई व्यापारीहरु सँग सम्पर्कमा आउन, उनीहरुका कृषिउत्पादन वेचविखनलाई प्राथमिकता दिन, उनीहरु नदी पारीको गाँउ÷बजारमा भएका शिक्षा, स्वास्थ्य, रोजगारबाट वन्चित नहोउन् भन्ने उद्देश्यका साथ दिवा समयमा, खेर गैरहेको विद्युत शक्तिको प्रयोगबाट संचालन हुने परम्परागत तुईन घिर्लीङलाई मेकानाईज्ड गरी नेपालमा विद्युत शक्तिबाट संचालन हुने खोला तर्ने नयाँ प्रविधिको रुपमा मेकानाईज्ड वृज (Mechanized Bridge) अर्थात् यान्त्रिक पुलको विकास गरिएको हो।

खोलाको पानी डाँडामा

खोलाको पानी डाँडामास्थानीय युवाले बेसीको पानी डाँडाका धारामा पुर्‍याई गाउँलाई काकाकुलको अवस्थाबाट मुक्ति दिएका छन् ।वषर्ाैंदेखि खानेपानी अभाव खेप्दै आएको गाउँमा उनीहरूले सौर्य ऊर्जा माध्यमले बेसीको पानी पुर्‍याएका छन् ........

भुजिकोट

भुजिकोट नेपाल को तनहुँ जिल्ला अन्तर्गत दुलेगौडा गा.बि .स वडा १ मा पर्ने अति सुन्दर र रमाइलो गाउको नाम हो भुजिकोट पहिला चौबिस्ये राज्य मा विभाजित हुदा भुजिकोट पनि एउटा राज्य थियो ..........

भुजिकोटको जनजीवनमा आमुल परिवर्तन

भुजिकोटको जनजीवनमा आमुल परिवर्तनसौर्य ऊर्जाको मद्दतबाट खानेपानीको व्यवस्था गरेपछि भुजिकोटको जनजीवनमा आमूल परिवर्तन आएको छ । तनहुँ जिल्लाको पर्यटकीय स्थल भनेर चिनीने खैरेनीटार र दुलेगौंडा गाविसको ....

यान्त्रिक पुल

बाग्लुङको बलेवा क्षेत्र र छिमेकी जिल्ला पर्वतको सदरमुकाम कुश्मा हेर्दा त नजिकै देखिन्छ। तर एउटा ठाउँ वारी र छ अर्को पारी। बीचमा कालिगण्डकी नदी। कुश्मा जान पैदल हिँडेर डेढ दुई घण्टा लाग्थ्यो। के गर्ने त ? पुलै बनाउने हो भने दूरी लामो भएकोले अति नै महँगो पर्छ। सरकारको मुखमात्र कति ताक्ने ? आफै किन केही नगर्ने ? यही सोचका साथ निजी क्षेत्र जुट्यो र केवल कार मोडलको यान्त्रिक पुल बनाउने सोचमा अगाडि बढ्यो। खर्च लाग्ने भयो झण्डै ५ करोड। अहो, यति धेरै रकम कसरी जम्मा गर्ने ? एकले थुकी सुकी, सयले थुकी नदी- यही उखान अनुसार उद्योग वाणिज्य संघले स्थानीय स्तरमै शेयर संकलन गर्न थाल्यो। जसले जति सक्छ, त्यति। २५ हजार रुपियाँदेखि १५ लाखसम्म गरी ४ सय ३५ जनाबाट रकम उठ्यो र गएको जेठ-असारदेखि पुल बनाउन थाल्यो नेपालकै रोपवे नेपाल प्रालिले। हिजो सोमबारदेखि यो व्यवसायिक रुपमा सञ्चालन हुन थालेको छ। अब बलेवाबाट कुश्मा पुग्न ५ देखि ७ मिनेटमात्रै लाग्छ।

image

Copyright © 2017 Gridnepal.com.All right reserved.                        Designed & Developed by: Cyberlink

image